भारत हारको ट्रोल : मोदीको प्रश्न- ‘कित्ने आद्मी थे ?’

काठमाडौँ । टी-ट्वेन्टी क्रिकेट विश्वकपमा भारतले आइतबार पाकिस्तानसँग १० विकेटले पराजित भयो । यो भारतको केवल एक हारमात्र होइन‚ आफ्नो ‘कट्टर दुस्मन’ पाकिस्तानसँग विश्वकप इतिहासमै पहिलो हार पनि थियो । यतिमात्र होइन‚ १० विकेटको हार‚ अर्थात् क्रिकेट इतिहासमै विरलै व्यहोर्नुपर्ने हार ।

यो खेलले भारतलाई झस्काएको छ भने पाकिस्तानमा उत्साह छाएको छ । त्यो उत्साहका बिम्बहरू सामाजिक सञ्जालको ट्रोलमा समेत छाएका छन् । भारतको खिल्ली उडाउन अनेकौँ खालका भिडिओ र चित्रहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति छाएका छन् ।

No description available.

ट्रोलमा मूलतः भारतीय प्रधानमन्त्री मोदी, कप्तान बिराट कोहली राष्ट्रिय टीमका पूर्वखेलाडी हरभजन सिंहलाई निशाना बनाएका छन् ।

एक ट्रोलमा कप्तान कोहलीसँग हात मिलाएका मोदीको तस्बीर छ । त्यसको क्याप्सनमा मोदीले सोधेका छन्, ‘कित्ने आद्मी थे ?’ उत्तरमा कोहली भन्छन्, ‘बस दोही थे सरकार’ । दुई पाकिस्तानी ओपनरको साझेदारीमा भारतले दिएको १५२ रनको लक्ष्य सहजै भेट्टाएको प्रसङ्ग देखाउन यस्तो ट्रोल बनाइएको छ । यो ट्रोल सबैभन्दा धेरै प्रयोग भएको छ । भारत पाकिस्तान खेलको प्रसङ्ग आएका ट्वीटहरूमा प्रायः धेरैले यो कमेन्ट गरेका छन् । यस्तै अर्को ट्रोलमा मोदीले देशबासीलाई फोन गर्दै भनेका छन्, ‘म रोएको सुन्दैछु । नरुनूहोला ।’

No description available.

पाकिस्तानका पूर्वभेट्रान बलर सोएब अख्तरले एउटा भिडिओ नै बनाएर त्यसलाई पीन गरेका छन् । जसमा उनले भारतीय टिमका पूर्वबलर हरभजन सिंहलाई सम्बोधन गर्दै व्यङ्ग्य गरेका छन् । खेलअघिको एक अन्तरवार्तामा सिंह र अख्तरले कुन देशले जित्छ भन्नेबारेमा बहस गरेका थिए ।

Image

सिंहले एक टेलिभजिन अन्तरवार्तामा पाकिस्तानको खिल्ली उडाउँदै म्याचमा वाकओभर (मैदान मै नगइ हार स्विकार गर्नु) दिन ठिक हुने भनेका थिए । ‘पाकिस्तानले भारतसँग जति खेलेपनि हार्छ मात्र यस्तोमा त के खेल्नु बरु वाकओभर दिनु नै ठीक हो’ उनले भनेका थिए ।

त्यसको जवाफ अख्तरले हरभजनलाई सम्बोधन नै गरेर भिडियोबाटै रमाइलो तरिकाले दिएका छन् । ट्रोलमा अख्तरले हरभजनलाई तान्दै आफ्नो आँखामा हेर्न चुनौती पनि दिइरहेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *