माओवादीको एजेण्डाकै कारण नेपालमा ठूल्ठूला परिवर्तनहरू भए : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भएका परिवर्तनहरूको एजेण्डा माओवादीकै भएको जिकिर गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जसले जत्ति जे भने पनि नेपालमा भएका परिवर्तनहरूको एजेण्डा माओवादीले उठाएको हो,’ प्रचण्डले भने, ‘तर, कतिपयले यसलाई त्यसरी रिकोग्नाइज गर्न कञ्जुस्याइँ गरिरहेका छन् ।’

यस्तै प्रचण्डले नेपाली राजनीतिमा माओवादीले आफैँले नयाँ धार बनाएको बताएका छन् । केही व्यक्तिहरूले माओवादीलाई आफूहरूले मूलधारमा ल्याएको बताएकाे उल्लेख गर्दै प्रचण्डले भने, ‘माओवादी आफैँले मूलधार तयार पारेको हो कि, अरु नै कुनै पार्टीले ल्याएको हो ? यो विषयमा शुरूका दिनदेखि नै विवाद छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै भने, ‘केही व्यक्तिहरू माओवादीलाई हामीले मूलधारमा ल्याएको भनेर भनिरहेका छन् ।’

यसको परिणाम ०६४ सालमा देखिएको दाबी गर्दै प्रचण्डले थपे, ‘माओवादीले छोटै समयमा आफूलाई चिनाउन सक्यो । जनतामाफ स्थापित भयो । यो एजेण्डाकै कारण हो । यसकै कारण देशमा सकारात्मक परिवर्तनहरू भएका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *