पाँचथर बस दुर्घटना : १ जनाको मृत्यु, ६४ घाइते

पाँचथर । पाँचथरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अन्य ६४ जना घाइते भएका छन् ।

शिवाखोलाबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा परेकामध्ये १ जना ३४ वर्षीया प्रमिला देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी दानबहादुर थापाले जानकारी दिए । घाइतेमध्ये अधिकांशको पाँचथरमा रहेको समर्पित अस्पताल, पाँचथर जिल्ला अस्पताल र पाथिभरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

गम्भीर अवस्थामा रहेका ४ जनालाई झापा रेफर गरिएको उनले जानकारी दिए । अन्य १० जनाको पनि रेफरको तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा विस्तृत विरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *