अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौँ । अमेरिकामार्फत् अनुदानमा प्राप्त कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान एक लाख ६ सय २० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको हो।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत् उक्त खोप नेपाललाई उपलब्ध गराइएको हो । उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आगामी पुषमा ६० लाख मात्रा खोप नेपाल ल्याइँदैछ।

उक्त खोप भने बालबालिकालाई लगाउने सरकारको तयारी छ । आज आएको खोप भण्डारणका लागि आवश्यक अल्ट्रा कोल्डचेन तयार पारिसकेको  सरकारले जनाएको छ।

कोभिसिल्ड, एक्स्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *