सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरू पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता श्यामकुमार महतोकाअनुसार उनीहरूलाई सोमबार बिहान साढे १० बजे पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरू अनुसन्धान ब्यूरोकै कार्यालयमा राखिएको प्रवक्ता महतोले बताए । ‘उनीहरूलाई यही कार्यालयमा राखिएको छ । उनीहरूमाथि थप बुझ्ने काम भइरहेको छ,’ प्रवक्ता महतोले भने, ‘के हुन्छ भन्ने अब थप अनुसन्धानपछि थाहा हुन्छ ।’

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद गरिएको उनले बताए । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीले ठहर गरेको छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरू भागेर भारत हुँदै नेपाल प्रवेश गरेको बताइएको छ । उनीहरू रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *