पीएसजी र मार्सेको बराबरी

काठमाडाैँ ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्से बराबरी खेलेका छन् । गएराति भएको खेलमा पीएसजी र मार्सेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिकले गोल गरेपनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।

५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड दिएको थिए ।

यो बराबरीसँगै पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा छ । मार्से १८अंक जोडेर चौथो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *