म्यान-यूको मैदानमा लिभरपुलको गोल वर्षा, सलाहको ह्याट्रिक

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई उसकै मैदानमा लज्जास्पद हार चखाएको छ । मोहम्मद सलाहले ह्याट्रिक गरेको खेलमा लिभरपुलले म्यान् यू लाई ५-० ले हराएको हो ।

आईतबार राती वर्ल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा ४ गोल गरेको थियो। दोस्रो हाफमा एक गोल थप्यो । लिभरपुलले गरेका ५ गोलमध्ये सलाह ४ गोलमा प्रत्यक्ष संल्नग्न रहे। उनले ह्याट्रिकसहित एक असिस्ट गरेका थिए।

लिभरपुललाई अग्रता दिलाउने क्रममा खेलको ५ औँ मिनेटमा नै केइटाले सलाहको पासलाई गोलमा परिणत गरेका थए। त्यस्तै अर्नोल्डको पासलाई जोताले १३ औ मिनेटमा गोलमा परिणत गर्दै लिभरपुल सुरूवातमै घरेलु टोलीलाई २(० को दबाबमा राख्न सफल भयो।

लिभरपुलको गोल यात्रा त्यतिमानै रोकिएन केइटाको पासलाई सलाहले ३८ औ मिनेटमा गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा सलाहले ब्याक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल संभव बनाएश्र उनले जोताको पासलाई सदुपयोग गरेका थए।

दोस्रो हाफमा हेन्डरसनको पासमा सलाहले ५० औ मिनेटमा टिमका लागि पाँचौ तथा ब्यक्तिगत रुपमा ह्याट्रिक गरेका थिए।
युनाईटेडका लागि रोनाल्डोले गोल गरेपनि अफसाइड भएको थियो।

त्यस्तै युनाईटेड दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो। पोग्बा ६० औ मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए। केइटामाथि गम्भिर ट्याकल गरेका उनले सिधै रातो कार्ड पाए ।

जितसँगै लिभरपुल लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले शिर्ष स्थानको चेल्सीसँगको अंक दुरी १ मा झारेको छ। चेल्सी २२ अंकका साथ शिर्ष स्थानमा रहँदा लिभरपुल २१ अंक सहित दोस्रो र म्यानचेस्टर सि६ २० अंक सहित तेस्रो स्थानमा रहेका छन्।

युनाईटेड भने १४ अंकका साथमा ७ औ स्थानमा छ।

टोटनह्याम पराजित

अर्को  क्लब टोटनह्याम भने वेस्टह्यामसँग पराजित भएको छ। वेस्टह्यामका लागि एन्टोनियोले ७२ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।

खेलमा टोटनह्यामले ६२ प्रतिशत खेल पोसेसनमा राखेपनि सट भने वेस्टह्यामले धेरै प्रहार गरेको थयो। टोटनह्याम हारपछि शिर्ष चारमा पुग्ने लक्ष्यमा पछि परेको छ। टोटनह्याम १५ अंक सहित छैटौं स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *