भारतमाथि पाकिस्तानको कीर्तिमानी जित

काठमाडौँ । पाकिस्तानले आईसीसी विश्वकप क्रिकेटमा भारतलाई १० विकेटले हराएको छ । १५२ रनको लक्ष्य १८ औं ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्दै पाकिस्तानले जित निकालेको हो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले नटआउट ६८ र मोहम्मद रिजवानले नटआउट ७८ रन बनाए । रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे भने बाबरले ५२ बलमा ६ चौका र २ चौका प्रहार गरे ।

भारतीय बलरहरु जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद सामी, रबिन्द्र जडेजा र बरुण चर्कवर्ती पाकिस्तानी ओपनरद्वयको सुझबुझपूर्ण प्रदर्शनका सामु निरीह बनेका थिए ।

यो जित पाकिस्तानका लागि ऐतिहासिक पनि भएको छ । किनभने पाकिस्तानले कुनैपनि विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यसअघि एकदिवसीय र ट्वेन्टी ट्वेन्टी विश्वकपमा भएका १२ भेटमा भारत विजयी हुँदै आएको थियो ।

ओपनर बाबर आजम र मोहम्मद रिजवानको यो साझेदारी भारतविरुद्ध पाकिस्तानको सर्वाधिक ठुलो साझेदारी पनि हो ।

पहिले ब्याटि गरेको भारतले खराब शुरुवातका बाबजुत १५१ रन बनाएको हो । पहिलो ओभरमै ओपनर रोहित शर्मालाई शुन्य रनमा गुमाएको भारतले अर्का ओपनर लोकेस राहुललाई ३ रनमा गुमाएको थियो ।

तर कप्तान विराट कोहलीले ५७ रन बनाए । उनले ४९ बलमा १ छक्का र ५ चौका प्रहार गरे । यस्तै ऋषभ पन्तले ३९, रबिन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादब र हार्दिक पाण्ड्या समान ११ रन बनाए ।

पाकिस्तानका शाहिन साह अफ्रिदीले ३, हसन अलीले २ तथा सादब खान र हरिस रौफले समान एक एक विकेट लिए ।

पहिलो ओभरदेखि नै विकेट लिएर भारतलाई दबाबमा पारेका अफ्रिदीले रोहित, लोकेस र विराटको विकेट लिए । उनले ७.७५ को इकोनोमिमा ३१ रन खर्चिएका थिए। अफ्रिदी म्यान अफ दी म्याच समेत बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *