भारतद्वारा पाकिस्तानसामु १५२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी ट्वेन्टी -ट्वेन्टी विश्वकपमा भारतले पाकिस्तानसामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटि गरेको भारतले खराब शुरुवातका बाबजुत १५१ रन बनाएको हो । पहिलो ओभरमै ओपनर रोहित शर्मालाई शुन्य रनमा गुमाएको भारतले अर्का ओपनर लोकेस राहुललाई ३ रनमा गुमाएको थियो ।

तर कप्तान विराट कोहलीले ५७ रन बनाए । उनले ४९ बलमा १ छक्का र ५ चौका प्रहार गरे । यस्तै ऋषभ पन्तले ३९, रबिन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादब र हार्दिक पाण्ड्या समान ११ रन बनाए ।

पाकिस्तानका शाहिन साह अफ्रिदीले ३, हसन अलीले २ तथा सादब खान र हरिस रौफले समान एक एक विकेट लिए । पहिलो ओभरदेखि नै विकेट लिएर भारतलाई दबाबमा पारेका अफ्रिदीले रोहित, लोकेस र विराटको विकेट लिए । उनले ७.७५ को इकोनोमिमा ३१ रन खर्चिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *