टी-२० विश्वकप : बंगलादेशलाई पराजित गर्दै श्रीलंकाको विजयी सुरूवात

काठमाडौँ । टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । सारजाहामा भएको समूह १ को खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै श्रीलंकाले सुपर १२ को पहिलो खेलमा नै जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

बंगलादेशका लागि ओपनर महमद्ध नइमले ६२ रनको सानदार अर्धशतकीय इनिङ खेले । त्यस्तै मुस्फिकर रहमानले ५७ रनको अर्धशतकीय अविजित इनिङ खेले । त्यस्तै लिटन दासले १६ रन बनाउँदा शकिब अल हसन १० रन बनाए । उनलाई कप्तान महमुदुल्लाहले १० रन बनाएर साथ दिएका थिए ।

उक्त लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा नै ५ विकेट गुमाएर पूरा गर्‍यो । श्रीलंकाका लागि चमिका करुनारत्नने, विनुरा फर्नान्डो तथा लाहिरु कुमाराले समान १-१ विकेट लिएका थिए ।

१७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सानदार प्रदर्शन गर्‍यो । ओपनर कुशल परेरालाई १ रनमा नै गुमाएपनि चरिथा अशलन्का र भानुका राजापाक्षले सानदार ब्याटिङ गरे । उनीहरूले पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे । अशलन्काले ४९ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ८० रनको अविजित इनिङ खेले । राजापाक्ष ३१ बलमा ५३ रन बनाएर आउट भए । यद्यपि अन्य तीन खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन् । दुवै टीम क्वालिफायर चरणमा छनोट हुँदै शीर्ष १२ मा स्थान बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *