टस जितेर पहिले बलिङ गर्दै पाकिस्तान

काठमाडौँ । भारतविरुद्धकाे खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेको छ । दुबईस्थित अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले बलिङ गर्ने निर्णय गरेका हुन् ।

टी-ट्वेन्टी विश्वकप अन्तर्गत भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरू हुनेछ । टी-ट्वेन्टी फर्म्याटमा यी दुई देश २,०४५ दिन अर्थात् ५ वर्ष ७ महिना ५ दिन पछि खेल्न लागेका हुन् ।

पछिल्लो पटक भारतले पाकिस्तानलाई २०१६ मा विश्वकपको समूह चरणमा ६ विकेटले हराएको थियो । २०१६ मै भएको एसिया कपमा पनि भारत ५ विकेटले विजयी रह्यो । त्यस्तै २०१४ र २०१२ मा पनि भारतले नै बाजी मार्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *