ताल प्राधिकरणका प्रमुख गुरुङले दिए राजीनामा

पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी प्रमुख डा. अनुप गुरुङले राजीनामा दिएका छन् । उनले घरायसी कारण देखाएर कार्तिक ५ गते राजीनामा दिएका थिए । उनको राजीनामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वीकृत गरेका छन् ।

‘पदमा रही सेवा गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि हाल मेरो घरायसी समस्याले कार्य गर्न असमर्थ रहेकाले राजीनामा स्वीकृत हुन विनम्र निवेदन गरेको छु,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

उनलाई २०७६ फागुन २३ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *