सिजनको पहिलो एल क्लासिको आज, कसले मार्ला बाजी ?

काठमाडौँ । स्पेनिस ला लिगाका परिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो खेल आज राति हुँदैछ । खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ । एल क्लासिकोका नामले चिनिने बार्सिलोना र रियल म्याड्रिडको खेल यूरोपमा सर्वाधिक रुचाइएको मध्ये एक प्रतिस्पर्धाका रुपमा रहँदै आएको छ  ।

१९०२ मा कपा डा लाका रुपमा यी दुई क्लबबीच पहिलो खेल भए पनि रियल र बार्सिलोनाबीच औपचारिक प्रतियोगिताको सुरुवात १९१६ मा मा भएको मानिन्छ । त्यसयता यी दुईबीच २ सय ४६ खेल भएका छन् । जहाँ दुवै टीमबीच कट्टर प्रतिस्पर्धा भएको देखिन्छ । रियल ९८ र बार्सिलोना ९६ खेलमा विजयी भएका छन् । ५२ खेल बराबरीमा टुङ्गिएका छन् ।

गत संस्करणका दुवै खेलमा रियल विजयी भएको थियो। त्यसकारण पनि बार्सिलोना यो पटक बदला लिन चाहन्छ । रियलले क्याम्प नोउमा भएको पहिलो खेलमा ३-१ तथा अल्फ्रेडो डी स्टेफानोमा भएको अर्को खेलमा २-१ ले जित निकालेको थियो । गत संस्करण कोभिड-१९ का कारण बिनादर्शक प्रतिस्पर्धा भएको थियो । जारी सिजन रियल उच्च फर्ममा कायमै रहँदा बार्सिलोना भने पुरानो लयमा फर्कन संघर्षरत छ ।

लिग अंक तालिकामा रियल पाँच जित,  दुई बराबर र एक हारसहित १७ अंकका साथमा दोस्रो स्थानमा रहँदा १५ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ ।

एल क्लासिको भिडन्तमा रियलले ४१० गोल गरेको छ भने बार्सिलोनाले ४०१ गोल गरेको छ । रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ४७ औँ आधिकारिक एल क्लासिको भिडन्तका रुपमा रहनेछ ।

यी दुईबीचको भिडन्त यूरोपियन च्याम्पियन्स लिगपछि सर्वाधिक हेरिने क्लब फुटबल प्रतियोगिताका रुपमा रहन्छ । यी दुई क्लबहरू स्पेनिस ला लिगा,  कोपा डेल रे,  स्पेनिस सुपर कप,  यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरूमा भिड्ने गर्छन् ।

राजनीतिक दुश्मनी
बार्सिलोना र रियल म्याड्रिड स्पेनका दुई ठुला शहर हुन् । जहाँ दुई फरक राजनीतिक मतका कारण सधैँ ‘राजनितीक इगो’ रहने गर्छ । बार्सिलोना क्याटालोनिया समर्थक हो भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार निकट हुन् । बार्सिलोना क्याटलोनियाका रुपमा छुट्टिन चाहन्छ । यी दुवै क्लब संसारकै सबभन्दा धनी र सफल क्लबका र रुपमा रहेका छन् ।

पहिले क्याटालोनियालाई स्पेनी तानाशाहले अत्याचार गरेपछि त्यहाँका नागरिकहरू राज्यसँग बदला लिन निरन्तर चाहन्छन् । त्यसका लागि उनीहरुको एकल उद्देश्य फुटबलमा रियललाई हराउनु हुने गरेको छ।

स्टार मेस्सी र बलिया रामोसबिनाको एल क्लासिको

कुनै समय एल क्लासिको मेस्सी र रोनाल्डोको प्रतिस्पर्धाका रुपमा चर्चित रह्यो । विश्व प्रसिद्ध यी दुई स्टारले क्लब छाडेसँगै अहिले एल क्लासिकोको चार्म केही कम भएको छ । एल क्लासिकोमा सबैभन्दा बढी खेलेका बार्सिलोनाका पूर्वस्टार लियोनल मेस्सी पहिलो पटक एल क्लासिकोमा हुने छैनन् । त्यस्तै रियलका अनुभवी र लामो समय प्रतिस्पर्धा गरेका रामोस पनि टीममा हुने छैनन् । मेस्सी र रामोसले सर्वाधिक ४५ पटक एक अर्काविरुद्ध खेलेका छन् । अहिले दुवै खेलाडी फ्रेन्च क्लब पीएसजी पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *