फुटबलमा फर्किँदै बिमल घर्तीमगर

काठमाडौँ ।  शहीद स्मारक लिगमा ए डिभिजन क्लबहरूले धमाधम खेलाडी अनुबन्ध गरिरहेका छन् । यसै क्रममा नेपाली राष्ट्रिय टीमका पूर्वस्ट्राइकर विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्ध भएका छन् ।

चोटका कारण गत पुसयता मैदान बाहिरै रहेका विमल उपचारपछि चोटमुक्त हुँदै आगामी ए डिभिजन लिगबाट फुटबलमा फर्किन लागेका हुन् । कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलको दायाँ घुँडामा चोट लागेको थियो । त्यसयता झन्डै एक वर्ष उनी मैदान बाहिर रहेका थिए ।

उनलाई एन्फाले कतार फुटबल संघको समन्वयमा उपचार व्यवस्था गरेको थियो । कतारस्थित एप्सटार अस्पतालमा उपचार गराएर उनी ९ महिनापछि गतमहिनामात्र स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै उनी प्रशिक्षणमा सरिक भएका छन् ।

मच्छिन्द्रले मनिष डाँगी र सुनिल बलसँग यसअघि नै सम्झौता गरेको छ । यसबाहेक अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायत टिमका नियमित सदस्यसँग पनि क्लबले सम्झौता नविकरण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *