अर्थमन्त्री शर्मा र राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ ।

आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी-पहिरोले पुर्‍याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ ।

साथै पुनःस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरूको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसका लागि मन्त्री शर्माले अन्तरराष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएको मन्त्रालयले जनाएको छ ।

यस्तै भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (सीओपी २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपालजस्ता देशहरूले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *