मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले सोही ठाउँकी ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिएको हो ।

घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *