टी-ट्वेन्टी विश्वकप : भारत र पाकिस्तानकाे खेल आज

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज (आइतबार) भारत–पाकिस्तानको खेल हुँदैछ । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सर्वाधिक प्रतीक्षा गरिने मध्येको एक खेल हो । राम्रो राजनीतिक सम्बन्ध नभएका यी दुई छिमेकी देशको क्रिकेट प्रतिस्पर्धालाई एक अर्काको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिन्छ।

दुवै टिमबीच क्रिकेट नभएको पनि लामो समय भइसकेको छ । सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *