कतारमा अवैध रूपमा बस्दै आएका नेपालीलाई आममाफी दिइने

काठमाडौँ ।  कतारमा अवैध रूपमा बस्दै आएका नेपालीले आममाफी पाउने भएका छन् ।  कतारको सरकारले त्यहाँ अवैधरुपमा बसिरहेका नेपाली श्रमिकका लागि यस्तो योजना ल्याएको हो । कतारस्थित नेपाली दूतावासका अनुसार कतारी आइडी नपाएका वा नवीकरण  हुन नसकेका नेपालीका लागि यस्तो योजना ल्याइएको हो ।

उक्त योजना अनुसार अब नेपाली श्रमिकलाई दुई विकल्प दिइने छ । कतारमा हाल अवैध रूपमा बसेकालाई कतारमै रहेर वैध भई नियमित काम गर्ने वा स्वदेश फर्कने मध्ये दुवै विकल्प खुला गरिएको छ ।

कतारमा अवैध रूपमा बसेका नेपालीले २०७८ असोज २४ गतेदेखि पुस १६ गतेसम्म तोकिएका विभाग वा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्न सक्ने दूतावासले जनाएको छ ।

उक्त सेवाका लागि कतारस्थित पाँच वटा केन्द्र तोकेर काम भइरहेको छ ।  हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारी नियमित गर्न सकिने भएकाले यस अवसरलाई सदुपयोग गर्न दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *