वेस्ट इन्डिज ५५ रनमै अलआउट

काठमाडौँ । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिजले खराब ब्याटिङ गरेको छ ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ५५ रनमा अलआउट भएको हो । इग्ल्यान्डका बलरसामु निरीह रहेका वेस्टइन्डिजका ब्याट्स्म्यानहरूमध्ये एक जनाले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

क्रिस गेलले बनाएको १३ रन नै सर्वाधिक रह्यो । इग्ल्यान्डका बलरहरू हावी भएको खेलमा वेस्ट इन्डिज १४ ओभर २ बलमै अलआउट भएको हो ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले चार तथा मोइन अली र टेमल मिल्सले दुई दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *