नर्विचको पोस्टमा चेल्सीको ७ गोल

काठमाडौँ । मासन मोउन्टले ह्याट्रिक गरेपछि इंग्लिस प्रमियर लिगमा चेल्सीले अंक तालिकाको पुछारमा रहेको नर्विचमाथि गोल वर्षा गरेको छ ।

चेल्सीले नर्विचलाई ७० ले पराजित गर्ने क्रममा थप गोल हडसन ओडइ, जेम्स, चिलवेल र आरोन्सले गोल गरे। खेलको १८ मिनेट भित्र २ गोल गरेको चेल्सीले हाफ टाइम अघि ३-० को अग्रता लिएको थियो।

दोस्रो हाफमा झनै आक्रामक देखिएको चेल्सीले थप ४ गोल गर्‍यो। लुकाकु र वेर्नर घाइते भएपछि टिममा नभएपनि थोमस टुचेलको चेल्सीले त्यसको मुल्य चुकाउनुपरेन।

चेल्सीले जित पुर्व उपाध्यक्ष म्याथ्यु हार्डिङ प्रति समर्पित गरेको थियो। उनको २५ वर्षअघि १९९६ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। जितसँगै चेल्सीले अंक तालिकामा ९ खेलबाट २२ अंक बनाउँदै शिर्ष स्थान कायम राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *