टी-ट्वेन्टी विश्वकपः अष्ट्रेलियाको विजयी सुरुवात


काठमाडौैँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको प्रतियोगिताअन्तर्गत सुपर १२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउँदै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

१ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियालाई जिताउन स्टिभ स्मिथले ३५ र मार्कस स्टोनिसले २४ रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

यसअघि आबुधाबीमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि एडिन माक्रमले सर्वाधिक ४० रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क, जोश हाजलउड र एडम जाम्पाले दुई दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *