५ सय १३ सङ्क्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा शनिवार थप ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,९७२ पीसीआर परीक्षणका क्रममा ४३८ जना र १,९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ सङ्क्रमितको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *