आयरल्यान्डलाई हराउँदै नामिबिया शिर्ष १२ मा

काठमाडौँ । नामिबिया आईसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको शिर्ष १२ मा स्थान बनाउने सफल भएको छ । शुक्रबारको खेलमा आयरल्यान्डलाई ८ विकेटले हराउँदै नामिबिया शिर्ष १२ मा पुग्ने चौथो तथा अन्तिम टिम बनेको हो । यससँगै, शिर्ष १२ को समिकरण पूरा भएको छ। समूह एमा श्रीलंका र नामिबिया तथा समूह बी बाट स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा प्रवेश गरेका छन् ।

दुबै टिम समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै शिर्ष १२मा छनोट हुन चाहन्थे । जसमा नामिबिया बाजि मार्न सफल भयो। १ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले नटआउट ५३ र डेभिड विसेले नटआउट २८ रन बनाए । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ८ ओभरमा १ सय २५ रन बनाएको थियो। आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले ३८, केभिन डी ब्रुइनले २५ र एन्डी बालबर्नीले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ तथा डेभिड विसेले २ विकेट लिए । अब नामिबियाले समुह २ अर्थात् भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड तथा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर १२ मा पुग्ने सबै टीमले २०२२ को अस्ट्रेलिया विश्वकपमा स्वतः शिर्ष १२ मा स्थान बनाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *