७०८ संक्रमित थपिए, ९३२ कोरोनामुक्त

काठमाडौँ । नेपालमा शुक्रबार थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ५३ पीसीआर परीक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *