सत्तारुढ नेताकै विश्लेषणः
‘सरकारले गति पक्रन सकेन’
२०७८ कार्तिक ५ गते

|कांग्रेस नेता गगनकुमार थापा। तस्बिरः मकालुखबर|
काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले गति पक्रन नसकेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सरकारले आफ्नो गति बढाउन नसकेको उल्लेख गर्दै भने, ‘सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो पक्रन सकेन ।’
शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले थपे, ‘जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अब अर्को मौका खेर फाल्दैछौँ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ ।’
नेता थापाले अर्को मौका पाउन नसकिनेसमेत स्मरण गराए । आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको ईकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ ।’
२०७८ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








