जिपलाइनमा रमाउँदै प्रचण्ड (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल पुगेर ‘जिपलाइन’ को मज्जा लिएका छन् । प्रचण्ड जिपलाइनमा रमाएको तस्बिर विष्णुकान्त घिमिरेले फेसबूकमार्फत साझेदारी गरेका छन् ।

साहसिक गतिविधिमा आफू रमाउने बताउँदै आएका प्रचण्डले शुक्रबार (आज) बिहान परिवारसहित धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका हुन् । जिपलाइनबाट ओर्लिएपछि प्रचण्डले आफूलाई जिपलाइन निकै मज्जा लागेको बताए ।

काठमाडौँबाट ३५ किमिको दूरीमा रहेको जिपलाइन ०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ्ग स्टेशन (खावा, पाँचखाल) सम्मको जिपलाइन ११ सय मिटर लामो छ ।

जिपलाइनमा रमाउँदै प्रचण्ड। तस्बिरः विष्णुकान्त घिमिरको फेसबूक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *