प्रमुख कुशवाहालाई जनताले कारबाही गरेका हुन्, हामीले होइन : सीके राउत

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहामाथि आफ्नो संलग्नतामा दुर्व्यवहार नभएको प्रष्टोक्ति दिएको छ । राउतको सचिवालयले भनेको छ, ‘हिजो जनकपुरमा जनताले गरेको कारबाही कुनै पार्टी वा व्यवसायी विशेष विरूद्ध थिएन ।’

प्रमुख कुशवाहाविरुद्धको त्यो कारबाही आफ्नो पार्टीले नभइ जनताले गरेको सचिवालयले जिकिर गरेको छ । ‘सम्बन्धित परियोजनामा संलग्न व्यक्तिहरू मात्रै थिए । त्यो कारबाही गर्ने पनि आम जनता थिए । सबै पार्टीका थिए । ज्ञापन पत्र दिने पनि सबै पीडित टोलबासी थिए । नाम र हस्ताक्षर हेर्दा हुन्छ, कुनै एक पार्टीका थिएनन् । स्पष्ट रहौँ ।’

आफ्नो दललाई बिनाकारण आरोप लगाइएको भन्दै पार्टीले आपत्तिसमेत जनाएको छ । बिहीबारको घटनापछि पार्टीका १७ कार्यकर्तालाई पक्राउ गरेको थियो । पार्टीले उनीहरूको शीघ्र रिहाइको मागसमेत गरेको छ ।

बिहीबार जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ नगर घुमाइएको थियो । उक्त घटनामा जनमत पार्टीका नेतारकार्यकर्ताहरू संलग्न रहेको भनिएको थियो । यसपछि पार्टीले यस्तो प्रष्टोक्ति दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *