सीके राउतको कार्यकर्ताद्वारा खानेपानी प्रमुखमाथि दुर्व्यवहार (भिडिओसहित)

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएका छन् ।

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै उनीहरूले निमित प्रमुख कुशवाहालाई नगर घुमाएका हुन् ।

जनकपुरको रामानन्दचोकमा रहेको खानेपानी संस्थानको कार्यालयमा भाटासहित पुगेका उनीहरूले निमित्त प्रमुख कुशवाहालाई कार्यकक्षबाट तानेर कुटपिटसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *