प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा देलान् ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा आज विश्वासको मतको लागि प्रस्ताव टेबुल गर्नु पर्ने दिन हो । तर त्यसअघि नै राजीनामा दिने सम्भावना बलियो देखिएको छ ।

नेकपा एमाले संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा शुरु भएकोले दलको बैठकसँगै पदबाट राजीनामा दिने सम्भावना देखिएको एक सांसदले बताए । प्रदेश सभामा ४१ जना सांसद लिएर बसेका नेकपा एमालेलाई विश्वासको मत प्राप्त गर्नको लागि ४७ जना सांसद चाहिने भएपनि ति सांसद पुर्‍याउने सम्भावना नदेखिएपछि राजीनामा दिने तरखरमा देखिएको उनले बताए ।

नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक शुरु भएको छ । बैठकमा विश्वासको मत लिने वा राजीनामा दिने बारेमा छलफल हुने एमालेका एक सांसदले बताए । बैठकले विश्वासको मत लिने की राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्ने विषय टुङ्गो लगाउने छ । प्रदेश १ मा नेकपा एकालेको १० जना एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेको सरकार अल्पमतमा परेको हो ।

भदौ २० गते मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएपछि दलको नेता हुँदै मुख्यमन्त्री भएका आचार्यले असोज २५ गते विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । लामो समयको दसैँ बिदापछि आज विश्वासको प्रस्ताव प्रदेश सभामा टेबुल हुँदैछ ।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा एमालेसँग सभामुख सहित ४१ जना प्रदेश सभा सदस्य छन् । एक जना प्रदेश सभा सदस्य सरकारी कागजत किर्ते मुद्दामा फरार छन् । विपक्षी गठबन्धनले भने आफ्नो पक्षमा ५१ जना सांसद रहेकोले मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *