‘गृहमन्त्री’ जसले क्रिकेट हेर्न दुई दिनको छुट्टी लिए

काठमाडौँ । टी-२० विश्वकपमा आइतबार (२४ अक्टोबर) भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। जब भारत र पाकिस्तानबीच क्रिकेटको कुरा हुन्छ, विश्व क्रिकेटमा सर्वाधिक रोचक भिडन्तका रूपमा रहन्छ। सधैँ एक अर्काविरुद्ध कट्टर दुश्मनी रहने यी दुई छिमेकी क्रिकेटलाई खेलका रूपमा भन्दा ज्यादा प्रतिष्ठाका रूपमा लिन्छन्।
अनि समर्थकहरु पनि त्यस्तै कुनै पनि मूल्यमा आफ्नो टिम जितोस् भन्ने चाहन्छन् त्यही भएर विश्व क्रिकेटमा भारत र पाकिस्तान बीचको जुनसुकै चरणमा भिडन्त भए पनि फाइनल भन्दा कम रोचक हुन्न। मैदानमा समर्थकको भरिभराउ हुँदा करौडाै समर्थक टिभी स्क्रिनमा लाइभमा हुन्छन् ।
यो भिडन्त खेल समर्थकलाई मात्र होइन राजनीतिक नेतालाई पनि कम्ती लाग्दैन यस्तोमा पाकिस्तानका गृह मन्त्री (पाकिस्तानमा इन्टेरियर मिनिस्टर भनिन्छ) शेख रसीदले सञ्चारमाध्यमहरुलाई आफूले खेल हेर्नका लागि दुई दिनको छुट्टी मागेको बताएका छन्। उनले उक्त छुट्टीमा खेल हेर्न मैदान जाने बताए। आइतबार भारत र पाकिस्तानबीच हुने खेलका बारेमा शेख रशीदलाई केही प्रश्न गरिएको थियो।
यो विषयमा इन्टेरियर मिनिस्टरले भने ‘म यो खेल हेर्नका लागि दुबई जाँदै छु । मैले प्रधानमन्त्री इमरान खानसँग २ दिनको बिदा मागेको छु। अल्लाहसँग प्रार्थना गर्छु कि पाकिस्तानलाई सफलता मिलोस्।’ साथै उनले थपे,  ‘यद्यपि हामीले खेललाई खेलको रूपमा लिनु पर्छ। म भारत र पाकिस्तानको सबै खेल हेर्न चाहन्छु चाहे उक्त खेल कोलताकामा होस या चेन्नईमा नतिजा जे आए पनि हामीले स्विकार्नु पर्छ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *