गृहप्रदेश पुगेर प्रधान मन्त्रीले भने- ‘एमसीसी हुबहु पास गर्छाैँ’

धनगढी । प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पास गर्ने बताएका छन् । बाढी र पहिरोले पुर्‍याएकाे क्षति अवलोकन तथा निरीक्षणका गर्न लागि सुदूरपश्चिम पुगेका प्रधान मन्त्री देउवाले यस्तो धाराणा राखेका हुन् । प्रेस युनियनको आयोजनामा भएको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले एमसीसी संशोधन नहुने बताए ।

एमसीसीको सम्झौतामा झुटा मुद्दा उठाइएको उनको भनाइ छ । ‘वर्ल्ड (एडीबी) मा नेपालको कानून लागू हुँदैन,’ प्रधान मन्त्री देउवाले भने, ‘अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी अनुदान हो नेपालको कानून लागू हुन्छ भनिएको छ ।’

उनीहरुले एमसीसीमा नेपालको कानून नै लाग्छ भनिसकेको भन्दै देउवाले भने, ‘अमेरिकी कानून लाग्छ भन्ने छँदै छैन । नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार ।’

यस्तै प्रधान मन्त्रीले देउवाले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकाेमा अल्पकालीन र दीर्घकालीन रहत र पुनःनिर्माणको योजनाहरू ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ,’ उनले भने, ’पूर्वाधारहरू क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ । यसको क्षतिपूर्तिका लागि राहत प्याकेज ल्याउछौं ।’

पत्रकार सम्मेलनमा प्रधान मन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेवारी दिइएको भन्दै पन्छिए ।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधान मन्त्री देउवा बिहीबार सुदूरपश्चिम पुगेका हुन् । कैलालीको बाढी प्रभावित पूर्वी क्षेत्र र बर्दियाको निरीक्षण गर्दै उनी आज काठमाडौँ फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *