नेपाल र इन्डोनेसियाबीचकाे मैत्रीपूर्ण फुटबल आज

काठमाडाैँ । नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम र इन्डोनेसियाको यू-२३ टिमबीच ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल हुने तालिका छ ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *