स्कटल्यान्ड र बंगलादेश टी-ट्वेन्टी विश्वकपको सुपर १२ मा

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्यान्ड र बङ्गलादेश सुपर १२ मा पुगेका छन् । पहिलो चरणको समूह बि अन्तर्गत स्कटल्यान्डले ओमानलाई पराजित गर्दै तिनै खेलमा जित हासिल गर्दै सुपर १२ मा पुगेको हो ।

स्कटल्यान्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो । ओमानले दिएको १२३ रनको लक्ष्यलाई स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले २० ओभरमा अल आउट हुँदै १२२ रन बनाएको थियो । योसँगै समूह बि मा स्कटल्यान्ड ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै सुपर १२ मा पुगेको छ ।

त्यस्तै बङ्गलादेशले पपुवा न्युगिनीलाई पराजित गर्दै ३ खेलमा ४ अंक हासिल गर्दै समूह मा दोस्रो हुँदै सुपर १२ मा पुगेको हो ।

पहिलो चरण अन्तर्गत आज अन्तिम खेलहरू आयरल्यान्ड र नामिबिया तथा नेदरल्यान्ड्स र श्रीलङ्काबिच आज खेल हुँदै छ । समूह ए बाट नेदरल्यान्ड्सले दुवै खेलमा हर बेहोरेर बाहिरिएको छ भने श्रीलङ्का सुपर १२ मा पुग्ने निश्चित नै रहेको छ । आयरल्यान्ड र नामिबियाबीचको विजेता समूह ए बाट सुपर १२ मा पुग्ने अर्को टिम बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *