प्रधान मन्त्री आउने भएपछि धनगढीमा सुरक्षा व्यवस्था कडा

धनगढी । प्रधान मन्त्री शेरबहादुर देउवा आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । धनगढी बजारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा ट्राफिक प्रहरी पनि धेरै परिचालित छन् ।
प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि बिहीबार सुदूरपश्चिम आएका हुन् । उनले बिहीबार नै बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड, डडेल्धुरा र कञ्चनपुरको निरीक्षण गरि अहिले धनगढी फकिँदैछन् ।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *