बागमतीका ‘वेटिङ्ग मुख्यमन्त्री’ पाण्डे भन्छन्- ‘तानासाहविरुद्ध मोर्चाबन्दी गरेका हौँ’

काठमाडौँ । बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री एवम् एकीकृत समाजवादी, बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले गठबन्धन निर्वाचित तानासाहविरुद्ध बनेको बताएका छन् । बिहीबार (आज) बसेको प्रदेश सभा बैठकमा भाग लिँदै पाण्डेले यस्तो बताएका हुन् । ‘धेरै साथीहरूले गठबन्धन कसरी बन्यो र यसको काम के भनेर भन्नुभएको छ,’ पाण्डेले भने, ‘यो गठबन्धन निर्वाचित तानासाहका विरुद्ध बनेको हो । स्मरण रहोस्, यो गठबन्धन समाजका लागि, संविधानका लागि अनि जनताका लागि हो ।’

पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न अनुरोधसमेत गरे । आफू मुख्यमन्त्री शाक्यको विरुद्धमा बोल्नुपर्ने र उभिनुपर्ने दिन आउँछ भनेर नसोचेको उल्लेख गर्दै पाण्डेले भने, ‘म सोच्छु । तपाईं (अष्टलक्ष्मी शाक्य) कुनै समय केपी शर्मा ओलीलाई कसरी कमरेड भन्नु भनेर भन्नुहुन्थ्यो । आज तपाईं उहाँकै मोर्चामा गएर उभिनुभयो । याे सह्य हाेइन ।’

यस्तै पाण्डेले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको बताए । योबीचमा पनि सरकारमै बस्नु असंवैधानिक रहेको उनले बताए । पाण्डे गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्दैछन् । गठबन्धनले यो सहमति गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *