थप ५४५ जनामा कोरोना‚ ७२६ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा बिहीबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ८६ पीसीआर परीक्षणका क्रममा ४ सय ७० जना र १ हजार ९ सय ६३ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै ७ सय २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । हाल ११ हजार ३ सय १५ सक्रिय संक्रमित आइसोलेसन र २२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *