अष्टलक्ष्मीलाई माओवादीको आग्रह- ‘मार्गप्रशस्त गर्नुस्’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बिहीबार (आज) बसेको प्रदेश सभाको बैठकमा भाग लिँदै माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराज जमरकट्टेलले भने, ‘तपाईंलाई म व्यक्तिगत रूपमा अत्यन्तै सम्मान गर्छु । तपाईंले नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय लड्नुभएको छ । तपाईं निष्कलङ्कित मान्छे पनि हो । तर, राजनीतिक प्रक्रिया हो । अब तपाईंले मार्गप्रशस्त गर्नुपर्छ । चाँडै गर्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *