अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु
२०७८ कार्तिक ४ गते

धनकुटा । धनकुटामा अरिङ्गालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा धनकुटा पाख्रीवास-३‚ बुधबारेका डम्बरबहादुर अधिकारीको निधन भएको स्थानीय पुष्प बस्नेतले जानकारी दिए ।
७० वर्षीय अधिकारीको शरीरका विभिन्न भागमा टोकेपछि उनलाई जिल्ला अस्पताल धनकुटा पुर्याधइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थिति बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ त्यसैगरी विराटनगर स्थिति नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
नोबेल अस्पतालमा उपचारका क्रममा गएराति करिब १० बजे उनको मृत्यु भएको बस्नेतले जनाए ।
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








