बागमती प्रदेश सभा बैठक ३ बजे मात्रै, एमाले पनि सहभागी हुने

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक ३ बजेका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रदेश सभा सचिवालयले २ घन्टा ढिलोगरी बोलाएको हो । सचिवालयले सांसदहरूलाई ३ बजेका लागि एसएमएसमार्फत ३ बजे मात्रै बस्ने जानकारी दिएको छ ।

सांसदहरू नआइपुगेको कारण बैठक सरेको सचिवालयका एक सदस्यले बताए । सत्तारुढ दल नेकपा (एमाले) ले भने पार्टीको वडा र स्थानीय अधिवेशनका कारण समय प्रभावित भएको भन्दै बैठकमा उपस्थित नहुने जानकारी बुधबार नै पत्रमार्फत सचिवालयलाई पत्र पठाएको छ । यद्यपि केही नेताहरू भने बैठकमा उपस्थित हुने एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले बताए । ‘हामीले बैठक नै बहिष्कार गरेका होइनौँ,’ निरौलाले भने, ‘त्यसकारण हेटौंडामा उपलब्ध सांसदहरू जानुहुन्छ । हामीले खाली बैठक सार्न आग्रह गरेका हौँ ।’

एमालेले पत्रमार्फत ११ गतेसम्म बैठक सार्न आग्रह गरेको थियो । यद्यपि सभामुखले बैठक स्थगित गरेका छैनन् । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

यत्ता विपक्षी गठबन्धनले भने एमालेले सत्ता समय लम्ब्याउन खोजेको आरोप लगाएको छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दलहरूले अल्पमतमा परेपछि पनि सरकारको आयु लम्ब्याउन खोजेको भन्दै आवश्यक उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।

माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी बनाएपछि प्रदेशमा एमाले अल्पमतमा परेको हो । संविधानतः सत्तारुढ दल विभाजत भएमा सदनबाट विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाक्यले महिना दिन बितिसक्दासमेत लिएकी छैनन् । उनको पक्षमा बहुमत नजुट्ने पक्कापक्कीजस्तै छ । यसपछि एमालेले विश्वासको मत लिन विलम्ब गरिरहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *