टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो चरण अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी) तथा ओमान र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ । पहिलो खेल दिउँसो ३:४५ बजे बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी)बीच हुनेछ । दोस्रो खेल साँझ ७:४५ बजे ओमान र स्कटल्यान्डबीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *