गोरखामा मिनिट्रक दुर्घटना, एक जनाको मृत्यु
२०७८ कार्तिक ४ गते

पोखरा । गोरखाको आरुघाटमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।आरुघाट बजारबाट धुन्चेतर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक आरुघाट ५ माँझगाउँमा अनियन्त्रित भई भीरमा खसेको हो ।
दुर्घटनामा ट्रक चालक धादिङका मनोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । उनीहरूको आरुघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








