श्रीलंका टी-ट्वेन्टी विश्वकपको सुपर १२ मा

काठमाडौँ । श्रीलङ्का आइसिसी टी-ट्वेन्टी विश्वकप २०२१ को सुपर १२ मा पुग्ने पहिलो टोली बनेको छ । आयरल्यान्डलाई ७० रनले पराजित गर्दै पहिलो चरणको समूह ए बाट शीर्ष दुईमा रहँदै श्रीलङ्काले सुपर १२ मा स्थान पक्का गराएको हो ।

श्रीलङ्काले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । यसअघि पहिले ब्याटिङ श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

जितसँगै श्रीलङ्काले २ खेलबाट ४ अंक जोडेर सुपर-१२ मा स्थान बनायो । पराजित आयरल्यान्डको २ खेलबाट २ अंक छ । आयरल्यान्डले अब समूह चरणको अन्तिम खेलमा नामिबियासँग खेल्नेछ । दुई टोलीबीचको विजेताले सुपर-१२ मा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *