माल्मोमाथि चेल्सीको सानदार जित

काठमाडाैँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले माल्मोमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले माल्मोमाथि ४-० गोल अन्तरले जित हासिल गरेको हो ।

चेल्सीको जितमा जोर्जिन्होले दुई गोल गरेका थिए भने आन्द्रेज क्रिस्टेनसेन र काइ हाभेर्टजले एक/एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको समूह एचमा ३ खेलमा २ जित र एक हारसहित ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै माल्मोले भने लगातार तेस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *