विपद् व्यवस्थापनमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विपद्को समयमा आवश्यक संघ, प्रदेश तथा स्थानीय तहलगायत अन्य सरोकारवालाबीच समन्वय र सहकार्य गर्दै तीव्रताका साथ जुट्न आग्रह गरेको छ ।

बाढीपहिरो प्रभावितको खोज, उद्धार, तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै आयोगले संघ, प्रदेश तथा स्थानीय तहलगायत अन्य सरोकारवालाबीच समन्वय र सहकार्य गर्दै तीव्रताका साथ जुट्न आग्रह गरेको हो ।

आयोगले बाढीपहिरोबाट डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासीलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानबालीलगायत कृषिजन्य उत्पादन र पशुपन्छी नष्ट भएको ठहर गर्दै आयोगले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि, १९६६ तथा मानव अधिकारका अन्तरराष्ट्रिय मापदण्डहरूले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊधनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्तिलगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =