बाढी हेर्न जाने क्रममा बाघको आक्रमण, १ जना घाइते
२०७८ कार्तिक ३ गते

प्रतिकात्मक तस्बिर
धनगढी । कैलालीको टीकापुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा टीकापुर नगरपालिका-५ नुक्लीपुरका २२ वर्षीय दिपक चौधरी घाइते भएका हुन् ।
साथीहरूसँग कर्णाली नदीमा आएको बाढी हेर्न जाने क्रममा बुधबार दिउँसो २ बजे टिकापुर पार्क जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चौधरीको दाहिने काँधमा दुईवटा प्वाल परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते चौधरीको टिकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार अन्य चार जना भने सकुशल छन् ।
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया








