बझाङमा पहिरोमा बेपत्ता भएका २३ मध्ये २ को शव फेला
२०७८ कार्तिक ३ गते

धनगढी । बझाङमा पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव भेटिएको छ ।
जिल्लाको थलारा गाउँपालिका-४ डिक्लाका दुई बालकको शव भेटिएको प्रहरीले जनाउको छ । जसमध्ये पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका सात वर्षीय छोरा आयुष पार्कीको पहिचान भएको छ भने अर्को एक बच्चाको पहिचान खुल्न बाँकी छ ।
मौसम अनुकूल भएपछि पहिरोमा पुरिएकाहरूको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा खटिइसकेको छ ।
थलारा गाउँपालिका-४ डिक्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए ।
लगातारको वर्षाका कारण मंगलबार बिहान ४ बजे थलारा गाउँपालिका- ४ डिक्लामा पहिरो जाँदा एकै परिवारका १८ र अर्को परिवारका ५ गरी २३ जना बेपत्ता भएका थिए ।
पहिरोले सात घर पुरिएका छन् ।
२०७८ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








