रियल म्याड्रिड र म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ । इएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीको सानदार जित निकालेका छन् । रियलले युक्रेनी क्लब साख्तर डोनेक्समाथि उसकै मैदानमा ५-० को प्रभावशाली जित निकालेको हो ।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरेका थिए भने रोड्रीगो र करिम बेन्जमाले एक एक गोल गरेका थिए । त्यस्तै साख्तरका सेर्ही क्रिभ्टसोभले एक गोल आत्मघाती गोल गरेका थिए ।

समूह डी मा रहेको रियल म्याड्रिडको यो जितपछि ३ खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । साख्तरको ३ खेलमा एक अंक रहेको छ ।

म्यानचेस्टर सिटीले घरेलु टोलीमाथि ५-१ को सहज जित हात पारेको हो । सिटीको जितमा रियाद महरेजले दुई गोल गरेका थिए भने जोआओ क्यान्सेलो, कीले वाल्कर र कोले पाल्मरले एक एक गोल गरेका थिए । त्यस्तै क्लब ब्रुगका लागि हान्स भनाकेनले एक गोल गरेका थिए ।

यो जितपछि समूह ए मा रहेको म्यानचेस्टर सिटीले ३ खेलमा २ जित र एक हारसहित ६ अङ्कसहित दोस्रो स्थानमा छ भने क्लब ब्रुगको ३ खेलमा ४ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *