मेस्सी चम्कँदा पिएसजीको जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले जर्मनी क्लब आरबि लेइपजिंगविरुद्ध जित निकालेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लिओनेल मेस्सीले २ गोल गरे भने किलियन एम्बाप्पेले एक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा एम्बाप्पेको गोलमा पिएसजीले अग्रता लिएको थियो भने खेलको ६७औँ र ७४औँ मिनेटमा मेस्सीले गोल गरेका थिए । खेलको ९४औँ मिनेटमा पिएसजीले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए ।

त्यस्तै लेइपजिंगका लागि आन्द्रे सिल्भा र नोर्डी मुकेइएलेले एक एक गोल गरेका थिए । लेइपजिंगका लागि सिल्भाले खेलको २८औँ मिनेटमा गोल गरेका थिए भने मुकेइएलेले खेलको ५७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

यो जितपछि समूह ए मा रहेको पिएसजीको ३ खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने आफ्ना तिनै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *