टी-ट्वेन्टी विश्वकप: स्कटल्याण्डको लगातार दोस्रो जित

काठमाडाैँ । स्कटल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

समूह बी मा स्कटल्याण्ड ४ अंकका साथ शीर्षस्थानमा छ । पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *