बाढीपहिरो र डुबानबाट प्रभावितहरूको उद्धार गर्न गृहमन्त्रीलाई प्रधान मन्त्रीको निर्देशन

काठमाडौँ । प्रधान मनत्री शेरबहादुर देउवाले सदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

मंगलबार (आज) प्रधान मन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएका हुन् । प्रधान मन्त्री देउवाले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेका छन्— ‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *